शिक्षा नबिग्रेको भए देश त बिग्रदैं बिग्रदैंन
हाम्रा विद्यालयहरु खुसी उत्पादन गर्ने थलो बने कि बनेनन् ?
संस्कृतमा एउटा उक्ति छ :
शिक्षा विकारे सकलो विकारः शिक्षा सुधारे सकलो सुधारः
शिक्षा बिग्रियो भने सबै विग्रन्छ र शिक्षा सुध्रियो भने सबै सुध्रन्छ ।
शिक्षाको कुरा गर्नु भनेको सबै क्षेत्रमा कुरा गर्नु हो । शिक्षा जत्तिको बहुआयामिक विषय अरु छैन । शिक्षाका सन्दर्भमा...